INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार गरेको कसुरमा पाँच वर्ष कैदको फैसला

२५ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा तुर्माखाँद गाउँपालिका–३ का ३५ वर्षीय लोकेन्द्रबहादुर बिसीलाई जिल्ला अदालत अछामले पाँच वर्ष कैदको फैसला गरेकोे छ ।

न्यायाधीश धर्मराज पौडेलको इजलासले असार २७ गते सो फैसला गरेको हो । पीडितलाई बिसीले  १५ हजार रुपियाँ क्षतिपुर्ति समेत दिनुपर्ने फैसला गरेको उक्त मुद्दामा संलग्न अधिवक्ता मातृकाप्रसाद भण्डारीले जानकारी दिए ।

पीडित महिलालाई बिसीले ०७५ जेठ २ गते बलात्कार गरेको आरोपमा पीडित महिलाले जेठ ११ गते प्रहरीमा उजुरी दिएकी थिइन् ।

अन्य

भिडियो