२५ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा तुर्माखाँद गाउँपालिका–३ का ३५ वर्षीय लोकेन्द्रबहादुर बिसीलाई जिल्ला अदालत अछामले पाँच वर्ष कैदको फैसला गरेकोे छ ।
न्यायाधीश धर्मराज पौडेलको इजलासले असार २७ गते सो फैसला गरेको हो । पीडितलाई बिसीले १५ हजार रुपियाँ क्षतिपुर्ति समेत दिनुपर्ने फैसला गरेको उक्त मुद्दामा संलग्न अधिवक्ता मातृकाप्रसाद भण्डारीले जानकारी दिए ।
पीडित महिलालाई बिसीले ०७५ जेठ २ गते बलात्कार गरेको आरोपमा पीडित महिलाले जेठ ११ गते प्रहरीमा उजुरी दिएकी थिइन् ।