INSEC Online

📅 २०८३ जेष्ठ २१

समाचारको विषयलाई लिएर पत्रकारलाई धम्की

विराटनगर महानगरपालिका-८ का ३३ वर्षीय पत्रकार सोनुकुमार दासलाई समाचारको विषयलाई लिएर मार्ने धम्की दिएको घटनामा पत्रकारहरूले विरोध जनाएका छन् ।

अदालतको नक्कली कागजात खडा गरी सर्वसाधारण ठगी गरेको समाचार लाइभ न्यूज रफ्तारमा प्रसारण भएपछि पुनमकुमारी साहले फोनमार्फत मार्ने धम्की दिएको पीडित पत्रकारले बताउनु भयो ।

समाचारको विषयलाई लिएर पत्रकार र पत्रकारको परिवारलाई नै मार्ने धम्की दिएको घटनाको नेपाल पत्रकार महासङ्घ, मोरङ शाखाले कात्तिक १३ गते विज्ञप्ति जारी गरेर विरोध जनाएको छ ।

नेपाल पत्रकार महासङ्घ मोरङ, शाखाका सचिव नेत्र पी अधिकारीद्वारा कात्तिक १३ गते जारी विज्ञप्तिमा घटनाको सत्यतथ्य छानविन गरी दोषीलाई कारबाही गर्न र पत्रकारलाई सुरक्षाको प्रत्याभूति दिलाउन माग गरिएको छ ।

मानव अधिकार रक्षकसम्बन्धी घोषणापत्र सन् १९९८ ले पत्रकारलाई मानव अधिकार रक्षकका रूपमा परिभाषित गरेको छ ।

कोशी प्रदेश कार्यालय

अन्य

भिडियो