INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

३४ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले बढैयाताल गाउँपालिका- ९ का ४२ वर्षीय बिष्णु श्रेष्ठलाई ०८२ चैत २ गते गिरफ्तार गरेको छ।

आरोपितले महिलालाई चैत १ गते बलात्कार प्रयास गरेको भन्दै पीडित पक्षले चैत २ गते इलाका प्रहरी कार्यालय मैनापोखरमा उजुरी दिएको थियो।

पीडितको स्वास्थ्य परीक्षण चैत २ गते बर्दिया अस्पताल गुलरियामा गरिएको छ ।

प्रकाश पौडेल

अन्य

भिडियो