कर्णाली प्रदेशमा तीन महिनामा मात्रै ३ सय ३३ विपद्का घटना भएका छन् । साउन १ गतेबाट कात्तिक १० गतेसम्म उक्त घटनाहरु भएका हुन् । कर्णाली प्रदेश प्रशरी कार्यालयको तथ्याङ्क अनुसार ती घटनाबाट ६ जनाको मृत्यु भएको छ भने २९ जना घाइते र एक जना बेपत्ता छन् । विपद्बाट ३ सय ७० ओटा भौतिक संरचनामा क्षति पुग्दा ५९ ओटा पशुचौपायाको मृत्यु भएको छ । तथ्याङ्क अनुसार सबैभन्दा बढी मानवीय क्षति सुर्खेतमा भएको छ । यहाँ तीन जनाको मृत्यु भयो भने ७ जना घाइते भए । २२ भौतिक संरचनामा क्षति पुगेको छ ।
सबैभन्दा धेरै विपद्का घटना भने रुकुम पश्चिममा भएको छ । ७९ ओटा विपद् घटनामा दुई जनाको मृत्यु र चार जना घाइते भएका छन् । ७७ ओटा भौतिक संरचनामा क्षति पुगेको छ । त्यस्तै जाजरकोटमा ६९ विपद्का घटना भएकोमा चार जना घाइते भए । एक जना बेपत्ता छन् । ८१ भौतिक संरचनामा क्षति पुगेको छ । प्रदेश प्रहरी प्रवक्ता केदार खनालका अनुसार सुर्खेतमा २७ ओटा विपद्का घटना भएका थिए । दैलेखमा ३५ विपद् घटना भए । जसमा पाँच जना घाइते भएका छन् । २७ संरचनामा क्षति पुगेको थियो ।
कालीकोटमा ४७ ओटा घटनाबाट एक जना घाइते भए । ४६ संरचनामा क्षति पुगेको छ । सल्यानमा १४ ओटा घटनाबाट २९ संरचनामा क्षति पुगेको छ । यस्तै जुम्लामा १८ ओटा विपद् घटना भएकोमा १८ ओटा संरचनामा क्षति पुगेको छ ।
मुगुमा १६ ओटा घटना भए । जसमा एक जना घाइते भए । २० भौतिक संरचनामा क्षति पुगेको छ । डोल्पामा १३ ओटा विपद् घटना भएका छन् । जसमा एक जनाको मृत्यु र सात जना घाइते भएका छन् । १० भौतिक संरचनामा क्षति पुगेको छ । हुम्लामा १५ विपद्का घटना ४० संरचनामा क्षति पुगेको छ ।
कर्णाली प्रदेश कार्यालय