INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रहरीद्वारा पत्रकार माथि दुर्व्यवहार

बालुवाटारस्थित प्रधानमन्त्री निवास अगाडि भएको विरोध प्रदर्शनको फोटो खिचिरहेको अवस्थामा फोटो पत्रकार वर्षा शाहलाई ०८२ पुस १ गते प्रहरीले दुव्र्यवहार गरेको छ ।
जेनजी र सरकारबीच भएको सम्झौताको साङ्केतिक विरोध प्रदर्शन भइरहेका बेला फोटो खिच्ने क्रममा उहाँमाथि प्रहरीले दुव्र्यवहार गरेको हो ।

पत्रकार शाहका अनुसार बालुवाटार गेट अगाडि प्रदर्शनकारीलाई प्रहरीले गिरफ्तार गर्दै गरेको दृश्य तस्बिरमा कैद गर्दा उहाँलाई प्रहरीले फोटो डिलिट गर्न दबाब दिएका थिए । आफू पत्रकार भएको र सार्वजनिक स्थलमा तस्बिर खिच्ने अधिकार रहेको बताउँदा पनि प्रहरीले आफूलाई दुव्र्यवहार गरेको शाहले बताउनु भयो ।

प्रेसको पहिचानसहित सञ्चारकर्ममा जुटेका पत्रकारमाथि प्रहरीले दुव्र्यवहार गरेको प्रति नेपाल पत्रकार महासंघले ०८२ पुस २ गते प्ररेस विज्ञप्ति मार्फत् निन्दा र भत्सर्ना गरेको छ । विज्ञप्तिमा प्रेसको संवैधानिक अधिकारको सम्मान गर्न र यस्ता कार्य नदोहो¥याउन सम्बन्धित निकायको ध्यानाकर्षण गराएको उल्लेख गरिएको छ ।

बागमती प्रदेश कार्यालय

अन्य

भिडियो