नवयुवा पुस्ताको प्रदर्शनका क्रममा क्षेत्रीय कारागार कार्यालय, झुम्काबाट फरार भएका १ हजार ७ सय ९६ मध्ये ४ सय २८ जना कैदीबन्दी अझै फरार रहेको कारागार प्रशासनले जनाएको छ ।
नव युवापुस्ताको प्रदर्शनका क्रममा रामधुनी नगरपालिका–५ मा रहेको क्षेत्रीय कारागार कार्यालय, झुम्काबाट ०८२ भदौ २४ गते फरार भएकामध्ये ४ सय २८ जना कैदीबन्दी अझै फरार भएको कारागारका जेलर सुवास लामिछानेले बताउनु भयो ।
प्रदर्शनका क्रममा फरार भएकामध्ये ९ सय ३६ जना आफैँ सम्पर्कमा आएको र ४ सय ३२ जनालाई विभिन्न समयमा विभिन्न ठाउँबाट गिरफ्तार गरेर कारागारमा १ हजार ३ सय ६८ जनालाई कारागारमा फिर्ता ल्याएको जेलर लामिछानेले बताउनु भयो ।
कारागारबाट फरार भएका अधिकांश कैदीबन्दी भारततर्फ गएका कारण उनीहरूलाई समेत भारतीय प्रहरीको सहयोगमा नेपाल ल्याउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी चन्द्रबहादुर खड्काले बताउनु भयो ।
नवयुवा पुस्ताको प्रर्दशनका क्रममा ०८२ भदौ २४ गते प्रर्दशनकारीहरूले हुलहुज्त गर्दै कारागार कार्यालय घेरेपछि कैदीबन्दी फरार भएका थिए ।