INSEC Online

📅 २०८३ जेष्ठ २१

रुकुम कारागारका कैदीबन्दीको मृत्यु

रुकुम पश्चिमस्थित कारागार भित्र अचेत बनेका एक कैदीबन्दीको मृत्यु भएको छ । जिल्लाको बाँफिकोट गाउँपालिका १० निवासी ५९ वर्षीय मनबहादुर बुढाको चैत ४ गते बिहान मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका रुकुमपश्चिमका अनुसार  बिहान १:३० बजेतिर बुढा अचानक बेहोस भएपछि उपचारको लागि तत्कालै जिल्ला अस्पताल सल्लेमा लगिएको थियो ।

उपचारको क्रममा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद पुनले जानकारी दिनुभयो ।

उपचारका संलग्न डा.मितु सदाशंकरका अनुसार बुढालाई अत्याधिक रक्तचाप, श्वासप्रश्वास र मधुमेहको समस्या देखिएको थियो । उपचारको क्रममा बिहान ५ बजे मृत घोषणा गरिएको थियो । बुढा कर्तव्य ज्यान मुद्दामा कैद सजाय भोगिरहेका थिए।

जीवन खडका

अन्य

भिडियो