आन्दोलनको क्रममा कपिलवस्तु कारागारबाट भागेका एकजना कैदीलाई कपिलवस्तु प्रहरीले ०८२ मङ्सिर ५ गते गिरफ्तार गरेको छ ।
गिरफ्तार हुनेहरुमा विजयनगर गाउँपालिका—६ का लागुऔषध कसुरका अभियुक्त २३ वर्षीय रितेश यादव रहेको जिल्ला कारागार कपिलवस्तुका सूचना अधिकारी रेशमलाल भुसालले बताउनुभयो ।
कपिलवस्तु कारागारबाट भागेका १ सय २५ जना कैदी बन्दीहरु अझै फरार रहेको कारागार प्रशासनले जनाएको छ ।