INSEC Online

📅 २०८३ जेष्ठ २१

तनहुँ कारागारबाट भागेका कैदी गिरफ्तार

आन्दोलनका क्रममा गत भदौ २४ गते तनहुँ कारागार, दमौलीबाट भागेका दुई जना कैदीलाई प्रहरीले लमजुङबाट गिरफ्तार गरेको छ ।

नवलपरासी सुस्ता गाउँपालिकाका ३९ वर्षीय सन्तोष गुरुङ र बेसीशहर नगरपालिका–३ रानीकुवाका ४५ वर्षीय विनोद गुरुङलाई प्रहरीले गिरफ्तार गरी कारागार बुझाएको छ । सन्तोष चोरी मुद्दामा र विनोद जबरजस्ती करणी मुद्दामा सजाय भुक्तान गरिरहेका थिए ।

जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) रेशम बोहराका अनुसार गिरफ्तार गरिएका दुवै जनालाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी तनहुँ नै फिर्ता पठाइएको छ ।

लमजुङ प्रहरीले हालसम्म ४५ जनालाई गिरफ्तार गरी सम्बन्धित कारागारमा पठाइसकेको छ

अमृतप्रसाद पौडेल

अन्य

भिडियो