आन्दोलनका क्रममा तनहुँ कारागारबाट भागेका ९४ जना कैदीबन्दी अझै फरार रहेका छन् । कारागार व्यवस्थापन विभागले सार्वजानिक गरेको विवरण अनुसार तनहुँ कारागारका ९४ जना कैदीबन्दी अझै सम्पर्क बाहिर रहेको कारागार प्रमुख तिर्थ भट्टराईले बताउनु भयो ।
आन्दोलनको क्रममा भदौ २३ गते साँझ तनहुँ कारागारबाट ३ सय २७ जना कैदी बन्दी भागेका थिए । ती मध्ये केही फर्केर आएका थिए भने केहीलाई प्रहरीले गिरफ्तार गरेको थियो ।
फरार कैदी बन्दीमा अधिकांश गम्भीर प्रकृतिका मुद्धाका रहेका छन् । यिनीहरु मध्ये ३० जना जबरजस्ती करणी मुद्धाका, २६ जना लागु औषध मुद्धाका र १० जना कतव्र्यज्यान मुद्धाका रहेको भट्टराईले जानकारी दिनुभयो । त्यसबाहेक केही चोरी, ज्यान मार्ने उद्योग लगायतका मुद्धाका रहेका छन् ।
फरार कैदीबन्दीहरूलाई लुकाउने, छिपाउने वा आश्रय दिने व्यक्तिलाई समेत कसुरदार ठानी प्रचलित कानुनबमोजिम कारबाही गर्ने कारागार व्यवस्थापन विभागले जानकारी दिएको छ ।
प्रकाशचन्द्र भट्टराई