INSEC Online

📅 २०८३ जेष्ठ २१

आन्दोलनका क्रममा कारागारबाट भागेका ११ जना पाँचथरमा गिरफ्तार

जेनजी समूहले ०८२ भदौ २३ र २४ गते गरेको आन्दोलनका क्रममा विभिन्न कारागारबाट भागेका ११ जना कैदीलाई प्रहरीले पाँचथरमा गिरफ्तार गरेको छ ।

कारागारमा तोडफोड र आगजनी हुन थालेपछि भागेका उनीहरुलाई जिल्लाका विभिन्न प्रहरी चौकीबाट खटेका प्रहरीले गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जिल्लाको कुम्मायक गाउँपालिका- १ का ४५ वर्षीय पनेन्द्र तामाङ, फिदिम नगरपालिका- १ का ३६ वर्षीय बिनय नेम्वाङ, तुम्वेवा गाउँपालिका- ५ मौवाका ४० वर्षीय गोपाल बोहोरा, फिदिम नगरपालिका- ५का ३० वर्षीय मंगल सिं तुम्बापो, हिलीहाङ गाउँपालिका- ७ का २९ वर्षीय चक्र तामाङ र मिक्लाजुङ गाउँपालिका- ५ का ५१ वर्षीय सन्तवीर लावती छन् । फाल्गुनन्द गाउँपालिका- ३ का ५१ वर्षीय देशबहादुर तामाङ, फिदिम नगरपालिका- १ का ४० वर्षीय राजेन्द्र परियार दर्जी, हिलीहाङ गाउँपालिका- ४ का २२ वर्षीय किरण पोख्रेल, फिदिम नगरपालिका- १२ का ३५ वर्षीय मिलन थाम्सुहाङ र याङवरक गाउँपालिका- ३ का २३ वर्षीय उदेश नुगो रहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी अनिश कुमार कर्णले बताउनु भयो ।

गिरफ्तारीमा परेका मध्ये फिदिम नगरपालिका- १ का चन्द्र भनिने विनय नेम्वाङ  काठमाडौँस्थित नख्खु कारागारबाट भागेका हुन भने अरु १० जना सुनसरीको झुम्का कारागारबाट भागेका हुन् ।

कोशी प्रदेश कार्यालय

अन्य

भिडियो