जेन्जी आन्दोलनको क्रममा सन्धिखर्क नगरपालिका अन्र्तगत रहेका सरकारी, सार्बजनिक, नीजि भवन र सम्पति तोडफोड र आगजनी गर्न संलग्न रहेको आरोपमा अर्घाखा“ची भूमिकास्थान नगरपालिका — १ घर भई हाल सन्धिखर्क नगरपालिका — २ घोचाखोला बस्ने ३५ वर्षीय गुरुदेव खनाल, सन्धिखर्क नगरपालिका—२ भक्तिटोला बस्ने ४२ वर्षीय पुष्कर पौडेल र सन्धिखर्क नगरपालिका— २ कुर बस्ने ३७ वर्षीय चुरामणि ढुंगानालाई ०८२ कात्तिक १९ गते प्रहरीले गिरफ्तार गरेको छ ।
जिल्ला अदालत अर्घाखा“चीबाट पक्राउ पुर्जी जारी भएपछि उनीहरुलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी निरीक्षक झलक प्रसाद शर्माले बताउनु भयो ।
गिरºतार गरिएकाहरुलाइ ‘अपराधिक उपद्रब सम्बन्धी कसुर’ मुद्दामा जिल्ला अदालतबाट म्याद थप गरी जिल्ला प्रहरी कार्यालय हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।