मेरो नाम मनकुमारी रञ्जित हो । मेरो घर काभ्रेपलाञ्चोक जिल्लाको बनेपामा पर्छ । मेरो श्रीमानकोनाम राजभाइ रञ्जित हो । वहाँलाई ०६२ साल भदौ ३० गते माओवादीले भक्तपुरबाट अपहरण गरीवेपत्ता बनाएका हुन् । मेरो श्रीमान् बेपत्ता पार्नेले कहिल्यै सुख पाउँदैनन् । नपाउन् पनि । मलाईश्रीमानलाई किन र केका लागि अपहरण गरे थाहा छैन । वहाँको अवस्था कहाँ र कस्तो छ त्यो पनिथाहा छैन । आफ्नो आँखाले नदेखेसम्म वहाँ जीवित हुनुहुन्छ भन्ने आशा पालेरै बसेकी छु । जबसम्मआफूले पत्याउने गरी सत्यतथ्य सार्वजनिक हुँदैन तबसम्म आशामा बसिरहेकी हुन्छु । सबैभन्दापहिला त बेपत्ता पार्ने र सरकारको तर्फबाट सत्यतथ्य सार्वजनिक गर्नुपर्यो । सत्यतथ्य विश्वासिलोहुनुपर्छ । कागजी रुपमा मात्रै तथ्य सार्वजनिक गरेर हुँदैन । यदि छ भने जिउँदो देखाइदिनु पर्यो ।मारिसकेको हो भने चाँहि हामीलाई चिहान नै देखाउनुपर्छ । जबसम्म मेरो श्रीमानको चिहान देख्दिन तबसम्म न्याय भएकोमान्दिन । पैसा दिएर, क्षतिपूर्ति दिएर न्याय भएको म मान्दै मान्दिन ।
मेरो नाम छम कुमारी बस्नेत हो । मेरो घर बाग्लुङ जिल्लामा पर्छ । मेरो श्रीमान ढकबहादुरबस्नेतलाई सुरक्षाकर्मीले बेपत्ता बनाएका हुन् । वहाँलाई २०५८ सालमा घरैबाट आर्मीले गिरफ्तारगरेर लगेर वेपत्ता बनाएको हो । बालबच्चाको विचल्ली बनाएर घरमा ताल्चा ठोकेर श्रीमान् कुनठाउँमा छन् भनेर धेरै ठाउँमा धाएँ । प्रहरी, आर्मीका कुनै कार्यालय बाँकी राखिएन । सबैका ढोकाढक्ढक्याइसकेको छु । सामाजिक सङ्घसंस्थाहरूलाई त त्यसपछि मात्रै गुहार्न थालेको हो । केहीकुरा सार्वजनिक नभएसम्म त वहाँ जिउँदै हुनुहुन्छ भन्ने पूरै आशा छ । सबैभन्दा पहिला त बेपत्ताछानबिन गर्ने आयोग बनाए पनि हामीले अलिकति न्यायको अनुभूति गर्नेछौँ । त्यसपछि आयोगलेसत्यतथ्य कुरा निष्पक्ष भएर बाहिर ल्याइदियोस् जुन कुरा विश्वास योग्य पनि हुनुपर्छ । सबै कुरा बाहिर आइसकेपछि दोषीलाईकारबाही हुनुपर्छ । दोषीलाई गरिएको कारबाहीले हामीलाई न्यायको निकै अनुभूति हुन्छ । त्यसपछि हामीलाई राज्यले गाँस,बास, कपासको सुविधा दिनुपर्छ । राज्यले रोजगारी पनि दिनुपर्छ ।
मेरो नाम अञ्जना तामाङ (डिम्डुङ) हो । मेरो घर ललितपुर जिल्लाको देवीचौर गाविसमा पर्छ । मेरोश्रीमान् अशोक लामालाई माओवादीले ०६२ साल असार २३ गते घरैबाट अपहरण गरेर लगेकाअहिलेसम्म ल्याएका छैनन् । वहाँ पनि माओवादी नै हुनुहुन्थ्यो । भोलि फर्काउँछौं विशेष काम छ भनेरलगेका निर्दयीहरूले अहिलेसम्म वहाँको अवस्थाका बारेमा समेत बताएका छैनन् । कोही कसैले तमारिसकेको भन्ने पनि सुनाए । आफूले नदेखेसम्म त विश्वासै लाग्दोरहेनछ । मलाई त कुनै दिन वहाँ‘अञ्जना‘ भन्दै बोलाउन आइपुग्नुहुन्छ जस्तो लाग्छ । सबै भन्दा पहिला त जस्तो मान्छे लगेको हो त्यस्तै ल्याएमात्रै मैले न्याय पाएको ठान्छु । यदि होइन भने हाम्रो बालबच्चाको भविष्यका लागि भएपनि सरकारलेआर्थिक सहयोग र हामीलाई रोजगारीको व्यवस्था गरिदिनुपर्छ । मेरो श्रीमानलाई किन र के कारणलेबेपत्ता बनाएको हो माओवादीले जवाफ दिनुपर्छ । हाम्रो बोलिदिने मान्छे नभएर उनीहरूले केही नभनेका हुन् । छोराछोरी ठूलाभएपछि लैजाने मान्छेसँग उत्तर लिन्छन् । अहिले त सानै छन् ।
मेरो नाम रामकुमार भण्डारी हो । मेरो घर लम्जुङ जिल्लाको सिमपानी गाविस–३ मा पर्छ । नेपालप्रहरीले गिरफ्तार गरी ०५८ पुस १६ गतेदेखि बेपत्ता पारेको मेरो बुबा तेजबहादुर भण्डारीकोस्थितिका विषयमा खोजी गर्न थालेको ११ वर्षभैसक्यो । एक्लैएक्लै आ-आफ्ना परिवारकाबेपत्ताजनलाई खोज्दा कठिन हुँदो रहेछ । त्यसपछि संगठन बनाएर जानुपर्छ भन्ने आवश्यकता बोधभएपछि राज्यद्वारा बेपत्ता पारिएका नागरिक खोजीका लागि संगठित बन्यौं । राज्यले होस् वामाओवादीले बेपत्ता पारिएका नागरिकका परिवारका आँशुको रङ उस्तै छ । रोदन उस्तै छ भन्नेमहसुस गरी अहिले दुवै पक्षबाट बेपत्ता पारिएका नागरिकका परिवारहरू एकै ठाउँमा छौं । अहिलेम बेपत्ता परिवार समाजको अध्यक्ष पनि छु । हामीलाई सबैभन्दा पहिला हाम्रा आफन्तजनको अवस्थाको सूचना चाहिएको छ ।बेपत्ता पार्ने काममा संलग्नहरूलाई कारबाही र पीडित परिवारलाई क्षतिपूर्ति हाम्रो चाहना हो । सरकारले दिएको ३ लाखरुपियाँले सूचना लुकाउने षडयन्त्र हुँदैछ । हामी पनि वेपत्ता पार्ने काममा संलग्न अधिकारीहरूलाई ३ लाख मोल तिरेर बदलालिन्छौं । के यो ती अधिकारीहरूले सहन सक्छन् ? त्यसैले सूचना पहिलो हाम्रो अधिकार हो । यो अधिकारलाई राज्यले स्थापितगर्नुपर्छ ।
रमेशप्रसाद तिमल्सिनासँगको कुराकानीमा आधारित