INSEC Online

📅 २०८३ जेष्ठ २१

इन्सेक र मानव अधिकार समूह कपिलवस्तुद्वारा तिलौराकोट स्वास्थ्य चौकीको अनुगमन

इन्सेक  र मानव अधिकार समूहलगायत सङ्घ संस्थामा आवद्ध मानव अधिकारकर्मीहरूले  कपिलवस्तु नगरपालिका –६ स्थित तिलौराकोट स्वास्थ्य चौकीको माघ २८ गते अनुगमन गरेको छ ।

मानव अधिकार समुह कपिलवस्तु नगरपालिकाका अध्यक्ष पुष्पा रेग्मीको संयोजकत्वमा इन्सेक जिल्ला प्रतिनिधि पार्वती आचार्य सम्मिलत टोलीले तिलौराकोट स्वास्थ्य चौकीको समस्याहरू पहिचान गर्नका लागि स्थलगत अनुगमन गरेको हो ।

अनुगमनका क्रममा टोलीले ०७५ माघ देखि सूचारु गरिएको बर्थिङ सेन्टर सञ्चालन गरिएको तिलौराकोट स्वास्थ्य चौकीमा प्रसव कक्ष तथा सुत्केरीलाई राख्ने भौतिक पूर्वाधारको समस्या, सुत्केरीहरूका लागि कम्वर्ड शौैचालयको व्यवस्था नभएको , बर्थिङ सेन्टरमा एम्बुलेन्सको अभाव , भिडियो एक्सरे , गर्भवती जाँच गर्ने छुट्टै कोठाको अभाव , शुद्ध पिउने पानीको अभाव , नागरिक वडापत्र नभएको अनुगमनका क्रममा पाइएको अनुगमन टोलीले जनाएको छ ।

स्वास्थ्य चौकीका इन्चार्ज सुवास चन्द्र यादवले स्वास्थ्य चौकीको बर्थिङ सेन्टरकालागि जनशक्तीको अभाव भएको बताउनु भयो । ल्याव परीक्षणका लागि भौतिक सङ्रचना सहितको ल्यावको आवश्कता रहेको बताउनु भयो ।

जन स्वास्थ्य निरीक्षक गोरखनाथ चौधरीले नेपाल सरकारले तोके अनुसारको औषधीहरू पूर्णरुपमा रहेको बताउनु भयो ।

उक्त बर्थिङ सेन्टर सञ्चालन भए यता वार्षिक २८ जना महिलाहरूले सुत्केरी गराउन आउँछन् ।

मानव अधिकार समूहका अध्यक्ष पुष्पा रेग्मीले समूहले शिक्षा, स्वास्थ्य, लैंगिक विभेद र वातावरणको अधिकारको बिषयमा स्थलगत अनुगमन गर्दा देखिएका समस्याहरूको पहिचान गरी सम्बन्धित निकायलाई ध्यानाकषर्ण गराउने  अभियानलाई निरन्तरता दिने बताउनु भयो ।

photo2023021301kapilvastu

यसैगरी, इन्सेकद्वारा गठन भएको मानव अधिकार समूहले कपिलवस्तु नगरपालिकाका प्रमुख सुदिप पौडेललाई ध्यानाकर्षण पत्र बुझाएको छ । समूहका अध्यक्ष पुष्पा रेग्मीको संयोजकत्वमा माघ २७ गते कपिलवस्तु नगरपालिका –६ स्थित तिलौराकोट स्वास्थ्य चौकीको अनुगमन गर्दा देखिएका समस्याहरुको पहिचान गरी माघ २९ गते ध्यानाकर्षण पत्र बुझाएको हो ।

photo2023021402kapilvastu

अन्य

भिडियो