INSEC Online

📅 २०८३ जेष्ठ २१

ज्येष्ठ नागरिकलाई दिनुपर्ने औषधि सुविधा नदिएपछि सेवाग्राही मर्कामा

सरकारी अस्पतालमा ज्येष्ठ नागरिकहरूलाई औषधि उपचारमा उमेर अनुसार सुबिधा प्राप्त हुनेभए पनि चौतारा अस्पतालमा भने सो सुबिधा नपाएपछि सेवाग्राही मर्कामा परेका छन् ।

चौतारा सागाचोकगढी नगरपालिका–५ का भूपेन्द्र थिङ ०७९ कार्तिक ४ गते चौतारा अस्पतालमा उपचारको लागी जादा आफुले ज्येष्ठ नागरिकले प्राप्त हुने सुबिधा नपाएको गुनासो गर्नुभयो ।

उपचारको लागि अस्पताल जानुभएका थिङले ५० प्रतिशत उपचार सुबिधा पाउने हक अधिकार छ । तर उहाँले कुनै सुविधा पाउनु भएन ।

त्यसैगरी सरकारले प्रत्येक अस्पतालमा ९८ किसिमका औषधिहरू निशुल्क वितरण गर्ने भनिए तापनि चौतारा अस्पतालमा सबै प्रकारका औषधिहरू पैसा तिरेर किन्नु परेको चौतारा सागाचोकगढी नगरपालिका–५ का ठाकुर श्रेष्ठले बताउनु भयो ।

उपचार गर्न चौतारा अस्पताल पुगेका ठाकुर श्रेष्ठका अनुसार ‘घाउमा लगाउने ब्यन्डेज समेत आफुले अस्पतालको फार्मेसिबाट पैसा तिरेर किन्नु परेको गुनासो गर्नुभयो । अस्पतालको फार्मेसिमा ७० किसिमका औषधि निशुल्क पाइन्छ भनेर भित्तामा टाँसिएको छ ।

तर चौतारा अस्पतालमा उपचार गर्न आएका सेवाग्राहीले सबै किसिमका औषधि पैसा तिरेर किन्नु परेको ठाकुर श्रेष्ठको भनाई छ ।

अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष टंक कार्कीसँग औषधि अभाव बारे जिज्ञासा राख्दा अब आउँदा दिनहरूमा सुधार गरेर जाने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

अस्पतालमा भएको बेथिति बारे चौतारा अस्पतालका प्रमुख त्रिभूवन झासँग सम्पर्क गर्दा कर्मचारीको लापर्वाहीले केही सेवाग्राहीलाई निशुल्क वितरण गरिने औषधिको पैसा असुल गरेको हुन सक्छ । त्यसको अनुसन्धान गरिने र आउने दिनहरूमा अस्पताललाई ब्यवस्थित पारिने बताउनु भयो ।

अन्य

भिडियो