INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्‍व्यवहार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई यौन दुर्‍व्यवहार गरेको आरोपमा प्रहरीले सैनामैना नपा-७ का ३९ वर्षीय  कमलबहादुर कामीलाई माघ १९ गते सैनामैनाबाटै गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले यौन दुर्‍व्यवहार गरेको आरोपमा पीडित बालिकाका अभिभावकले इलाका प्रहरी कार्यालय रन्यौरामा माघ १९ गते उजुरी दिएका थिए ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान थालेको इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी मुकुन्द मरासिनीले जानकारी दिए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण माघ १९ गते नै लुम्बिनी अञ्चल अस्पताल बुटवलमा गरिएको प्रहरीले जनायो ।

अन्य

भिडियो