INSEC Online

📅 २०८३ जेष्ठ २१

महिलालाई दुर्व्यवहार गरेको घटनाका आरोपित गिरफ्तार

२४ वर्षीया महिलालाई दुर्व्यवहार गरेको आरोपमा प्रहरीले उदयपुर जिल्ला कटारी नगरपालिका–५ घर भई भक्तपुर जिल्ला मध्यपुर ठिमी नगरपालिका–२, सानोठिमी बस्ने २५ वर्षीय मिलन दाहाललाई गरिफ्तार गरेको छ । आरोपित दाहाललाई ०७६ पुस २८ गते प्रहरीले काठमाडौँको ढल्कुबाट गिरफ्तार गरेको हो ।

बा २ ख ९३२४ नम्बरको बसका चालक दाहालले लगनखेलको सडक पेटीमा व्यापार गर्ने महिला सामान लिन पुस २८ गते लगनखेलबाट न्यूरोड जाने क्रममा आरोपमा गरेको पीडितले बताउनुभयो । दाहालले बसमा एक्लै भएको मौकामा मोबाइल समेत नियन्त्रणमा लिएर दुर्व्यवहार गरेको उजुरीको आधारमा आरोपितलाई  गिरफ्तार  गरिएको महानगरीय प्रहरी परिसर जावलाखेलका सहायक प्रवक्ता एवम् डीएसपी सन्तोष तामाङले बताउनुभयो ।

पीडित महिलाको स्वास्थ्य परीक्षण पुस २८ गते पाटन अस्पताल ललितपुरमा गरिएको अस्पतालले जनाएको छ । आरोपित बिरुद्व महिलामाथि दुर्व्यवहार मुद्दामा जिल्ला प्रशासन कार्यालय ललितपुरबाट म्यादथप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

अन्य

भिडियो