INSEC Online

📅 २०८३ जेष्ठ २१

मधेश प्रदेशका तीन जना जेनजी शहीद घोषणा

जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएकाहरु मध्ये ४५ जनालाई सरकारले ०८२ कात्तिक १७ गते शहीद घोषणा गरेकोमा मधेश प्रदेशका तीन जना शहीद घोषणा भएका छन् ।

शहीद घोषणा गरिएका मध्ये पर्सा जिल्ला वीरगञ्ज महानगरपालिका–१२ का २४ वर्षीय असहाव आलम ठाकुराई, सिरहा जिल्ला लहान नगरपालिका–१५ का २६ वर्षीय विजय चौधरी र सर्लाही जिल्ला लालबन्दी नगरपालिका–५ का ३१ वर्षीय देवकुमार सुवेदी रहेका छन् ।

जेनजी आन्दोलनको क्रममा ठाकुराईको बानेश्वरमा प्रदर्शनका क्रममा भदौ २३ गते प्रहरीको गोली लागी मृत्यु भएको थियो । भदौ २३ गते बानेश्वरमा प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर घाइते भएका चौधरीको उपचारको क्रममा भदौ २४ गते मृत्यु भएको थियो । त्यसैगरी सुवेदीको भदौ २४ गते कालिमाटीमा आन्दोलनका क्रममा प्रहरीको गोली लागेर मृत्यु भएको थियो ।

राष्ट्रहित, सुशासन तथा भ्रष्टाचार नियन्त्रणका माग राखेर जेनजीहरूले ०८२ भदौ २३ र २४ गते प्रदर्शन गरेका थिए । प्रदर्शनका क्रममा पर्सा, सिरहा र सर्लाहीका गरी मधेश प्रदेशका तीन जनाको मृत्यु भएको थियो ।

‘खासगरी गृह मन्त्रालय अन्तर्गत रहेको समिति र अन्य सुरक्षा निकाय, जिल्ला प्रशासन कार्यालयबाट आएको अध्ययनबाट ४५ जना व्यक्तिलाई शहीद घोषणा गरिएको सञ्चार मन्त्री जगदीश खरेलले बताउनु भएको छ ।

सन्तोष कुमार यादव

अन्य

भिडियो