जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएकाहरुमध्ये ४५ जनालाई सरकारले ०८२ कात्तिक १७ गते जेनजी शहीद घोषणा गरेकोमा कोशी प्रदेशका एघार जना शहीद घोषणा भएका छन् ।
जसमा सन्तोष विश्वकर्मा बेलका नगरपालिका–४ उदयपुर, श्रीयम चौलागाई बेलबारी नगरपालिका–११ मोरङ, अभिषेक श्रेष्ठ इनरुवा नगरपलिका–६ सुनसरी, मोहन सरदार इटहरी उपमहानगरपालिका–१४ सुनसरी, छत्रमान कुथुमी पाख्रिबास नगरपालिका–२ धनकुटा, साजन राई धरान उपमहानगरपालिका–२२ सुनसरी ,सारकुमार राई चौदण्डीगढी गाउँपालिका–३ उदयपुर, प्रविण कुलुङ सिलिचोङ गाउँपालिका–३ सङ्खुवासभा, ज्ञानिन्द्र सेढाई, अर्जुनधारा नगरपालिका–११ झापा, दिनेश राजवंशी, अर्जुनधारा नगरपालिका– ८ झापा र कमल भण्डारी हिलिहाङ गाउँपालिका–२ पाँचथर छन ।
राष्ट्रहित, सुशासन तथा भ्रष्टाचार नियन्त्रणका माग राखेर जेनजीहरूले ०८२ भदौ २३ र २४ गते प्रदर्शन गरेका थिए । प्रदर्शनका क्रममा काठमाडौं , झापा र सुनसरीमा गरी कोशी प्रदेशका ११ जनाको मृत्यु भएको थियो ।
‘खासगरी गृह मन्त्रालय अन्तर्गत रहेको समिति र अन्य सुरक्षा निकाय, जिल्ला प्रशासन कार्यालयबाट आएको अध्ययनबाट ४५ जना व्यक्तिलाई शहीद घोषणा गरिएको सञ्चार मन्त्री जगदीश खरेलले बताउनु भएको छ ।
मन्त्रीपरिषद्को बैठकले ४५ जनालाई जेनजी शहीद घोषणा गरेको र राजपत्रमा शहीदहरुको नाम प्रकाशन गरिने मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले बताउनु भएको छ ।
कोशी प्रदेश कार्यालय