INSEC Online

📅 २०८३ जेष्ठ २१

दाईजोको कारण यातना दिई हत्या गरेको आरोपमा उजुरी दर्ता

चन्द्रपुर नपा-९ की २२ वर्षीया सानु बुढाथोकीलाई २४ वर्षीय पति रामचन्द्र बुढाथोकी, ५५ वर्षीय ससुरा शिवबहादुर बुढाथोकी र ५० वर्षीया सासू शिवमाया बुढाथोकीले चैत २९ गते बिहान दाइजोको कारण हत्या गरेको आरोपमा मृतकका काका रामेछाप जिल्ला लिखु गाउँपालिका-६ का माधव बरुवालले चैत ३० गते इलाका प्रहरी कार्यालय चन्द्रनिगापुरमा उजुरी दिएका छन् ।

पीडित सानु बुढाथोकीको जातीय परम्परा अनुसार ०६८ सालमा विवाह भई एक छोरीको जायजन्म समेत भएकोमा आरोपितहरूले पटकपटक दाईजो नल्याएको भन्दै मानसिक तथा शारीरिक यातना दिने गरेकोमा माइती पक्षका व्यक्तिहरूले यसअघि दुई पटकसम्म छलफल गरी विवाद समाधान गरेकोमा चैत २९ गते बिहान पीडितले विष सेवन गरेको भनी खबर गरेकाले छोरीको मृत्यू स्वभाविक नभई कर्तव्य गरी हत्या गरेको पीडितकी आमा मैँया वरुवालले बताइन् ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितहरू रामचन्द्र बुढाथोकी र शिवबहादुर बुढाथोकीलाई चैत ३० गते गिरफ्तार गरी अनुसन्धान सुरू गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी शान्तिराज कोइरालाले बताए ।

मृतकको माइती पक्षको आग्रह बमोजिम शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौँमा पठाइएको कोइरालाले बताए ।

अन्य

भिडियो