महोत्तरी जिल्ला अस्पताल जलेश्वरसँग भएको एक मात्र एम्बुलेन्सलाई अस्पतालका मेडिकल सुपरिटेन्डले घरायसी सामान ओसार्न प्रयोग गरेपछि सेवाग्राही मर्कामा परेका छन् ।
अस्पतालका सुपरिटेन्डेन्ट डक्टर राजिवकुमार झाले एम्बुलेन्सलाई घरायसी प्रयोगमा लगाउँदै आएको स्थानीयको आरोप छ । तर, मेसु डा. झाले भने आफूमाथि लगाएको आरोप गलत भन्दै आएका छन् । उनले आफूलाई बदनाम गराउन झुठो आरोप लगाएको बताए ।
तर, अस्पतालकै एक कर्मचारीले पनि नाम नखुलाउने शर्तमा भने-‘बिरामीका लागि प्रयोग हुने अस्पतालको एम्बुलेन्स मेसुले घरायसी प्रयोजनका लागि प्रयोग गर्ने गरेको हो । जसले गर्दा बिरामीलार्इ परेको बेला एम्बुलेन्स उपलब्ध गराउन सकिएको छैन ।’