१७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा चैत २० गत गुन्सी स्वास्थ्य चौकीमा अहेव पदमा कार्यरत ३६ वर्षीय राकेश दासविरूद्ध जिल्ला प्रहरी कार्यालय रामेछापमा उजुरी दर्ता भएको छ ।
स्वास्थ्य चौकीमा स्वास्थ्य जाँच गर्न आएकी बालिकालाई आरोपितले यौन दुर्व्यवहार गरेको भन्दै प्रहरी कार्यालयमा उजुरी परेलगत्तै अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
सो कार्यालयका इन्स्पेक्टर राजकुमार थापाले घटना चैत १२ गतेको भएको भएपनि पीडित पक्षले चैत २० गते प्रहरीमा उजुरी दर्ता गराएपछि मात्रै अनुसन्धान थालिएको बताए ।