भरतपुर मनपा-२२ पटिहानीका १४ वर्षीय निकेष महतोलाई राप्ती नदिमा नुहाएको आरोपमा निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको जवानले कुटपिट गरेको भन्दै बोटे समुदाय आन्दोलित बनेका छन् ।
चैत १७ गते नदीमा नुहाइरहेका महतोलाई बटुक दल गणका जवानले कुटेको स्थानीयको आरोप छ ।
घटनाको विरोधमा स्थानीयले पटिहानी मध्यवर्ती उपभोक्ता समितिमा चैत १८ गते तालाबन्दी गिरिदिएका छन् । उपभोक्ता समितिका अध्यक्ष शङ्कर महतोले घटनाको विषयमा जानकारी लिइने बताए ।