INSEC Online

📅 २०८३ जेष्ठ २१

द्वन्द्वपीडितको स्वास्थ्य बीमामा लाग्ने खर्च गाउँपालिकाले व्यहोर्ने

सशस्त्र द्वन्द्वको समयमा प्रभावित भएका थवाङका द्वन्द्वपीडितको स्वास्थ्य बीमामा लाग्ने खर्च गाउँपालिकाले व्यहोर्ने भएको छ ।

द्वन्द्व पीडित परिवारहरूलाई राहत दिने उद्धेश्यले गाउँपालिकाले स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत पीडित परिवारका सबै सदस्यको खर्च व्यहोर्न लागेको प्रमुख प्रशासकीय अधिकृत सूर्यलाल बिश्वकर्माले बताए ।

केन्द्र सरकारले पनि गरिब विपन्न वर्गलाई विशेष सहुलियत दिने भनेकोमा स्थानीय सरकारले पनि द्वन्द्व पीडितहरूलाई राहत दिन ‘शहिद तथा घाइते-अपाङ्ग स्वास्थ्य बीमा’ कार्यक्रम बनाएको बिश्वकर्माले जानकारी दिए ।

सबैलाई राहत पुर्‍याउन साझा कोष स्थापना गरेर सहयोग गर्ने लक्ष्य लिएको उनको भनाई छ । थवाङ गाउँपालिकामा १० वर्षे सशस्त्र द्वन्द्वका क्रममा मारिएका र घाइते-अपाङ्ग भएकाको सङ्ख्या ३ सयभन्दा बढी भएको गाउँपालिकाको तथ्याङ्कमा उल्लेख छ ।

उक्त कार्यक्रमका लागि पहिलो चरणमा १४ लाख रुपियाँ विनियोजन गरिएको गाउँपालिकाले जनाएको छ ।

अन्य

भिडियो