रसुवा कारागारमा क्षमता भन्दा चौबर बढी कैदीबन्दी हुँदा व्यवस्थापनमा कठिनाइ भएको कारागार प्रशासनले जनाएको छ ।
२५ जनाको क्षमता रहेको यो कारागारमा अहिले १ सय १७ जना कैदीबन्दी रहेका छन् । कारागारमा १ सय १२ जना नेपाली र पाँच जना विदेशी नागरिक (भारतीय तीन, नाइजेरियन र चिनियाँ एक/एक जना) रहेका जिल्ला प्रहरी कार्यालय रसुवाका डिएसपी सरदकुमार थापा क्षेत्रीले बताए ।
कारागारमा पाँच जना महिला कैदीबन्दी रहेका छन् । क्षमता भन्दा बढी कैदीबन्दी रहेका कारण दैनिक रूपमा शौचालय प्रयोग तथा पानीको अभावलगायतका व्यवस्थापकीय समस्या हुने गरेको कैदीबन्दीले गुनासो गरेका छन् ।