INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रदेश २ ले ल्यायो ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियान

प्रदेश २ को सरकारले ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियान चलाउने भएको छ । चैत १३ गते जनकपुर स्थित मुख्यमन्त्रीको कार्यालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा मुख्यमन्त्री लालबाबु राउतले १ सय दिने कार्ययोजना सार्वजनिक गर्दै ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियान घोषणा गरेका हुन् ।

यो योजना अन्तर्गत नयाँ जन्मिने छोरीहरूको हकमा प्रदेश सरकारले बिमा कम्पनीसँग साझेदारी गरेर छोरीहरूको शिक्षा बिमा नीति ल्याउनेछ ।

हिंसा पीडित महिलाहरूले निशुल्क एसएमएसमार्फ आफ्नो समस्या प्रदेश सरकार समक्ष राख्ने व्यवस्था मिलाउने पनि उनले बताए । सहयोगका लागि मुख्यमन्त्रीको कार्यालयमा ‘महिला सुरक्षा डेस्क’ स्थापना गरिने बताए ।

प्रदेश सरकारले शहीद परिवारका लागि ‘एक परिवार, एक रोजगार’ कार्यक्रम, स्थानीय तहका आवासीय क्षेत्रलाई सडकसँग जोड्न ‘मुख्यमन्त्री सडक योजना’ मुख्यमन्त्री स्वच्छता अभियान लगायतका कार्यक्रमहरू कार्ययोजनामा उल्लेख छ । ग्रामीण दलित बस्तीहरूमा ‘आपकी सरकार, आपके द्वार’ कार्यक्रम गर्ने पनि प्रदेश सरकारको योजना छ ।

आठवटै जिल्लामा विशेष आर्थिक क्षेत्र घोषणा गर्ने, आर्थिक क्षेत्रलाई बन्द हड्ताल मुक्त बनाउने, माछा जोनको विकास गर्ने मख्यमन्त्रीको मुख्य योजना रहेका छन् ।

अन्य

भिडियो