INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

आफैँले पढाउने दुई नाबालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पञ्चपुरी नपा-१० स्थित जनज्योति आधारभुत तहका शिक्षक युवराज शर्मालाई प्रहरीले चैत ६ गते गिरफ्तार गरेको छ ।

१४/१४ वर्षीया दुई जना नाबालिकालाई चैत ३ गते साँझ भियग्रालाई मिठाई भनी खान लगाएर यौन दुर्व्यवहार गरेको आरोपमा इलाका प्रहरी कार्यालय बावियाचौरका प्रहरीले शिक्षक शर्मालाई विद्यालयबाटै गिरफ्तार गरेको जनाएको छ ।

शिक्षक शर्माले भियग्रालाई मिठाईको गोली भनी खान दिएपनि ती बालिकाले नखाएपनि आरोपितले सोही रात आठ र १२ बजे गरी दुईपटक बालिकाको कोठामा आई मिठाई खायौ नानी भनी सोध्न आएपछि पीडित बालिकाहरूले चैत ५ गते प्रहरीमा उजुरी दिएका थिए । पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरिएको इलाका प्रहरी कार्यालय बावियाचौरका प्रमुख सुशोवन श्रेष्ठले बताए ।

पीडित दुवै जना बालिका स्वास्थ्य परीक्षण चैत ७ गते क्षेत्रीय अस्पताल सुर्खेतमा गरिएको छ ।

अन्य

भिडियो