१७ वर्षीया छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ललितपुरका अध्यक्ष शिव कार्की चैत २ गते मध्यराति गिरफ्तार गरेको छ ।
ज्ञानकुञ्ज बोर्डिङ स्कुल ताल्छीखेलका प्रधानाध्यापकसमेत रहेका कार्कीलाई स्कुलको होस्टलमा बस्ने एक छात्रालाई दुर्व्यवहार गरेको उजुरी आफन्त र पीडित छात्राले गरेपछि गए राति उनलाई गिरफ्तार गरिएको प्रहरीले जनाएको छ।
कार्कीलाई महानगरीय प्रहरी वृत्त सातदोबाटोमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।