खैरहनी नपा-१ गणेश चोकका शिवराम भुषाललाई परिवारका सदस्यले उपचार गराउनुको साटो ६ महिनादेखि फलामको खोरमा राखेका छन् ।

फलामको खोरमा राख्नुअघि उनलाई डोरीले बाँधेर राख्ने गरिएको उनको परिवारले जनाएको छ । जन्मजात नै सुस्तमनस्थितिका शिवराम अहिले २९ वर्षका भए । उनको मानसिक अवस्था कमजोर भएकाले उनको परिवारले उनलाई फलामको खोरमा राख्न बाध्य भएको जनाएको छ ।
मानसिक सन्तुलन ठिक नभएकाले उनलाई सानैदेखि नै खुल्ला छोड्न नसकिएको परिवारले जनाएको हो । प्रत्यक्ष निगरानीमा रहने बेला उनलाई खुला रूपमा छोडिने तर काम गर्ने समयमा उनलाई फलामको खोरमा राख्नु पर्ने बाध्यता रहेको उनको आमा जया भुषालले बताइन् ।
घरमा अहिले शिवरामको बुवा, उनको आमा र शिवराम मात्रै रहेका छन् । ‘श्रीमान् विद्यालयमा पढाउँहुन्छ । घरमा आफू एक्लै हुने र घरको काम गर्नुपर्ने भएकाले खोरमा राख्नु परेको हो । छोरालाई खोरमा राख्नु हाम्रो रहर होइन बाध्यता हो ।’-आमाले भनिन् ।