१५ वर्षीय बालकलाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले अर्का १५ वर्षीय बालकलाई चैत १ गते गिरफ्तार गरेको छ ।
पीडित बालकलाई आरोपितले गत फागुन २४ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले जिल्ला प्रहरी कार्यालय कास्कीमा फागुन ३० गते उजुरी दिएको थियो ।
पीडित बालकको स्वास्थ्य परीक्षण पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा फागुन ३० गते गरिएको छ । साथै सो घटना लुकाउने प्रयास गरेको आरोपमा २७ वर्षीय राम तिमल्सिना र २२ वर्षीय ईश्वर रेग्मीलाई चैत १ गते गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी खड्ग बहादुर खत्रीले जनाए ।