उमाकुण्ड गाउँपालिका-४ प्रिती रारागाउँकी ४४ वर्षीया सूर्यकला सुनुवारलाई पिर्काले हिर्काएर फागुन २२ गते राति ५३ वर्षीय पति ताराबहादुर सुनुवारले हत्या गरेको प्रहरीले जनाएको छ ।
सुनुवारले रक्सी मातमा राति ११ बजे झगडा गरी पत्नीलाई पिर्काले हिर्काएको प्रहरीले जनायो । जिल्ला प्रहरी कार्यलय रामेछापका निमित्त प्रहरी प्रमुख राजेन्द्र थापाका अनुसार हत्या आरोपित सुनुवारलाई प्रहरीले फागुन २३ गते गिरफ्तार गरी अनुसन्धान थालिएको छ । शवको पोष्टमार्टमको लागि दोलखाको जिल्ला अस्पताल जिरी लगिएको छ ।