INSEC Online

📅 २०८३ श्रावण ५

सामुहिक बलात्कार घटनाका आरोपितहरु गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले भारत बेतिया जिल्ला स्थाई ठेगाना भई हाल माडी नगरपालिका–३ वस्ने १९ वर्षीय सर्फराज मियाँ र आरोपितलाई सघाएको आरोपमा सोही स्थानका २३ वर्षीय आजाद आलमलाई ०८३ साउन ३ गते गिरफ्तार गरेको छ ।

आरोपितहरुले बालिकालाई साउन २ गते बलात्कार गरेको भन्दै पीडित पक्षले साउन ३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । पीडितको स्वास्थ्य परीक्षण साउन ३ गते भरतपुर अस्पतालमा गरिएको छ । जिल्ला प्रहरी कार्यालय, चितवनका प्रवक्ता डिएसपी चन्द्रभुषण यादवले आरोपितहरु विरुद्ध साउन ४ गते बलात्कार सम्बन्धी कसुरमा म्याद थप गरि अनुसन्धान भइरहेको बताउनु भयो ।

दिपेन्द्र अधिकारी

अन्य

भिडियो