पाँच वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा बढैयाताल गाउँपालिका-६ का २१ वर्षीय सुरेश थारुविरुद्ध इलाका प्रहरी कार्यालय मैनापोखरमा पीडित पक्षले दिएको उजुरी फागुन २० गते दर्ता भएको प्रहरीले जनाएको छ ।
पीडित बालिकालाई आरोपितले फागुन १७ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले फागुन १८ गते प्रहरीलाई जानकारी गराएको थियो । घटनाको सूचना पाएपछि तत्काल इलाका प्रहरी कार्यालय मैनापोखरबाट गएको प्रहरीको टोलीले अरोपितलाई घरबाटै गिरफ्तार गरेको इलाका प्रहरी कार्यालय मैनापोखरका सई सरम थापाले बताए ।
घटनाको सूचना पाएको दिन होली पर्व र दोस्रो दिन शनिबार परेकाले फागुन २० गते पीडित पक्षले दिएको उजुरी दर्ता गरी कानुनी प्रकृया अगाडि बढाइएको सई थापाले बताए ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल गुलरियामा फागुन १८ गते गरिएको छ ।