INSEC Online

📅 २०८३ जेष्ठ २१

बहुविवाह घटनाका आरोपित गिरफ्तार

बहुविवाह घटनाका आरोपित पलाता गाउँपालिका-७ का २५ वर्षीय अलबहादुर बम र कैलाली जिल्ला टिकापुर नपा-२ की १८ वर्षीया कोपीला न्यौपानेलाई प्रहरीले फागुन २० गते गिरफ्तार गरेको छ ।

अलबहादुरकी २५ वर्षीया पत्नी अनुशा बमले फागुन २० गते जिल्ला प्रहरी कार्यालय कालिकोटमा बहुविवाहको उजुरी दिएपछि आरोपितद्वयलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख डिएसपी सुवासचन्द्र बोहोराले बताए ।

पीडित महिलाका अनुसार आरोपितद्वयले माघ २१ गते विवाह गरेको र केही दिन अघि अनमीको ओजेटीका लागि जिल्ला अस्पतालमा आएपछि आफूले थाहा पाएको भन्दै न्यायका लागि उजुरी दिएकी हुन् ।

अन्य

भिडियो