कथित बोक्सीको अरोपमा राजपुर गाउँपालिका-७ की ३५ वर्षीया सुशीला कवरलाई छिमेकीहरूले फागुन १८ गते साँझ कुटपिट गरेका छन् ।
स्थानीय इन्द्रबहादुर भण्डारीको नेतृत्वमा गएका पूर्णबहादुर बस्नेत, खोपबहादुर नेपाली, धनबहादुर कवर, लक्ष्मी कवर, हर्कबहादुर कवर र मनोज कवरले कुटपिट गरेको पीडितले आरोप लगाएकी छन् ।
पीडित पक्षले इलाका प्रहरी कार्यालय गढवामा फागुन १९ गते उजुरी दिएको छ । घरमा बसिरहेकी सुशीलालाई काम छ भनी आँगनमा बोलाएर निर्घातकुटपिट गरेको पीडितले बताइन् । ढाडमा गम्भीर चोट लागेकी कवरको लमही अस्पतालमा उपचार भइरहेको छ । कुटपिटमा संलग्नहरूको खोजी भइरहेको इप्रका गढवाका इन्स्पेक्टर प्रमोद क्षेत्रीले बताए ।