INSEC Online

📅 २०८३ जेष्ठ २१

मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा ६ हजारभन्दा बढी पीडित

सर्वोच्च अदालतकी पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले ललितपुरमा फागुन ७ गते आयोजित एक कार्यक्रममा नेपाल मानव अधिकार वर्ष पुस्तक २०१८ को विमोचन गरेकी छन् ।

आजै धनगढी, नेपालगञ्ज, पोखरा र विराटनगरमा आयोजित कार्यक्रमहरूमा नेपाल मानव अधिकार वर्ष पुस्तक-२०१८ सार्वजनिक गरिएको छ ।

‘इन्सेकले गरेको अभिलेख अनुसार सन् २०१७ मा मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनामा ६ हजार ५९ जना पीडित भए । सन् २०१७ को तथ्याङ्क गत वर्षको तुलनामा १ हजार ५ सय ५७ ले बढी हो । यस वर्ष राज्य पक्षबाट ८६ महिलासहित ७ सय ७७ जना तथा गैरराज्य पक्षबाट ४ हजार ५ सय ७९ महिलासहित ५ हजार २ सय ८२ जना पीडित भएको अभिलेख गरियो । सन् २०१७ मा सुरक्षाकर्मीको गोली प्रहारबाट देशभरमा ११ जनाको मृत्यु भयो । यो वर्ष यातनाका घटनामा सात, भेला तथा सङ्गठित हुने अधिकारका घटनामा राज्यपक्षबाट १ सय ६७ र गैरराज्यपक्षबाट चार जना गरी १ सय ७१ जना, कुटपिटका घटनामा राज्यपक्षबाट ७९ जना र गैरराज्यपक्षबाट ३ सय ६४ जना गरी ४ सय ४३ जना पीडित भएको अभिलेख भयो । यसैगरी जातीय विभेदका घटनामा ४५ जना पीडित भएको अभिलेख भयो ।’-इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले भने ।

उनले थपे-‘यस वर्षबलात्कारका घटनामा २ सय ६५ जना, बोक्सी आरोपमा ३३ जना, यौन दुर्व्यवहारमा ४४ जना, बलात्कार प्रयासका घटनामा १ सय २२ जना, बेचबिखन प्रयासका घटनामा ७३ जना र बेचबिखनका घटनामा ४० जना महिला पीडित भए ।’

बालिकामाथि हुने गरेका यौन दुर्व्यवहारका घटनामा यस वर्ष पनि कमी नआएको जनाइएको छ । गत वर्ष ४ सय ६८ बालिका बलात्कारका घटनामा पीडित भएको अभिलेख गरिएकामा सन् २०१७ मा त्यस्ता घटनामा ५ सय २७ जना बालिका पीडित भएका इन्सेकले जनायो ।

‘यौन दुर्व्यवहारका घटनामा ११ बालक र १ सय ७० बालिकासहित १ सय ८१ जना, बेचबिखन तथा ओसारपसार घटनामा २३ जना र  विद्यालयमा शारीरिक दण्ड सजाय दिइएका घटना ११ जना बालबालिका पीडित भएको अभिलेख भयो ।’-गौतमले भने ।

अन्य

भिडियो