चितवनको रत्ननगर स्थित सौराहामा रहेको एनसेलको टावरलाई लक्षित गरी माघ २९ गते राति कुकर बम विष्फोट भएको इन्सेक चितवन जिल्ला प्रतिनिधि दिपेन्द्र अधिकारीले जनाएका छन् ।
राति करिब १२ बजेको समयमा अज्ञात समूहले टावरमा प्रेसर कुकर बम विष्फोट गर्दा टावरको उपकरणमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका चितवनका डिएसपी शिव शर्मा आचार्यका अनुसार राति अज्ञात समूहले प्रेसर कुकर बम विष्फोट गराउँदा तल्लो सतहमा रहेका केही उपकरणमा क्षति भएको छ ।
धनकुटा नपा-१० उत्तरपानीस्थित धर्मशाला नजिक रहेको एनसेल टावरमा अज्ञात समुहले माघ २९ गते बम विष्फोट गराएको इन्सेक धनकुटा जिल्ला प्रतिनिधि सन्तोष रूचालले जनाएका छन् ।
उत्तरपानीस्थित एनसेलको टावरमा गए राति करिब ११ बजे तिर अज्ञात समूहले विष्फोट गराएको हो । विष्फोटबाट टावरमा जडान गरिएका चार वटा व्याट्री र सोलार प्यानल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका एसपी सुदिप राजभण्डारीले बताए ।
विष्फोटबाट १ लाख ५० हजार रूपियाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ । विष्फोटपछि टावरमा लागेको आगो प्रहरीले नियन्त्रणमा लिएको थियो । घटनाको हालसम्म कसैले जिम्मेवारी लिएको छैन ।
उक्त घटनाको विषयमा एनसेल टावरका कर्मचारीले प्रहरीलाई मौखिक जानकारी दिएका छन् । लिखित उजुरी आएमा दर्ता गरी घटनाको छानबिन गरिने प्रहरीले बताएको छ ।
नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले जिल्लामा रहेको दुई वटा एनसेल मोवाइल टावरमा क्षति पुर्याएको इन्सेक रामेछाप जिल्ला प्रतिनिधि नवराज पथिकले जनाएका छन् । योसँगै एनसेलको टेलिफोन सेवा अवरूद्ध भएको छ ।
एनसेल कम्पनीले नेपाल सरकारलाई तिर्नुपर्ने कर नतिरेको भन्दै टावरमा क्षति पुर्याएपछि फागुन १ गते बिहानैदेखि रामेछापमा एनसेल सेवा अवरूद्ध भएको हो ।
एनसेल कम्पनी नेपाली जनताबाट उठाएको रकम सरकारलाई तिर्नुपर्ने करसमेत नतिरी विदेश लाने प्रयास भएको भन्दै आफूहरूको एनसेलमाथि कारवाही अभियान चलाएको नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी जनपरिषद रामेछापका प्रमुख विवेक लामाले जानकारी दिए ।
उनका अनुसार रामेछाप नगरपालिकाको भालुखोप डाँडा र दोरम्बा गाउँपालिका थापागाउँमा रहेको दुई वटा एनसेल टावरमा क्षति पुर्याइएको छ ।
एनसेल कम्पनीले राज्यलाई तिर्नुपर्ने ४२ अर्ब भन्दा बढी कर नतिरेसम्म आफूहरूको यो अभियान जारी रहने क्रान्तिकारी जनपरिषद रामेछापका प्रमुख लामाले चेतावनी समेत दिए । उनका अनुसार नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले देशभर ५ सय भन्दा बढी एनसेल टावरमा क्षति पुर्याएको छ ।
रोल्पाको माडी गाउँपालिका-६ मिनाहीडाँडामा रहेको एनसेलको टावरमा अज्ञात समूहले माघ २९ गते राती करिब १२ बजे बम विष्फोट गराएको इन्सेक रोल्पा जिल्ला प्रतिनिधि माधवकुमार ओलीले जनाएका छन् ।
विष्फोटबाट टावरको सोलार प्यानल, व्याट्री तथा अन्य केही उपकरणमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय रोल्पाका इन्स्पेक्टर सुदर्शन पन्थीले जानकारी दिए ।
विष्फोटबाट टावरको सोलार प्यानल, व्याटि्र तथा अन्य केही उपकरणमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय रोल्पाका इन्स्पेक्टर सुदर्शन पन्थीले जानकारी दिए ।
नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरूले त्रिपुरासुन्दरी गाउँपालिका-६ स्थित टेकानपुरमा रहेको एनसेल टेलिफोनको टावरमा फागुन १ गते आगो लगाएर ध्वस्त बनाएका छन् ।
आगजनीबाट टावर ध्वस्त भएपछि त्यस भेगमा एनसेलको फोन अबरूद्ध भएको प्रहरीले जनाएको इन्सेक सिन्धुपाल्चोक जिल्ला प्रतिनिधि नातिबावु धितालले जनाएका छन् । आगजनीबाट ५० लाख रुपियाँ बरावरको क्षति भएको त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष भूपेन्द्र श्रेष्ठले बताए । आगजनीबाट ५० लाख रुपियाँ बरावरको क्षति भएको त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष भूपेन्द्र श्रेष्ठले बताए ।
मधुवन नपा-३ खातामा रहेको एनसेल टावरमा फागुन १ गते राति अज्ञात समूहले आगजनी गरेको इन्सेक बर्दिया जिल्ला प्रतिनिधि मानबहादुर चौधरीले जनाएका छन् ।
अज्ञात समूहले गरेको आगजनीबाट एनसेल टावरको तार जलेर क्षति भएको छ । मेशिन भने सुरक्षित रहेको जनाइएको छ । आगलागि भएपछि एनसेल फोन सेवा अबरुद्ध भएको स्थानीयले जनाएका छन । उक्त आगलागीको घटनाका बारेमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय, ढोढरीका इन्स्पेक्टर अशोककुमार श्रेष्ठले बताए ।