INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार गरेको कसुरमा १ महिना कैद र ३५ हजार क्षतिपूर्तिको फैसला

९ वर्षीया बालिकालाई यौन दुर्व्यबहार गरेको आरोपमा १३ वर्षीय बालकलाई जिल्ला अदालत पाल्पाले माघ २४ गते १ महिना कैदको फैसला गरेको छ ।

कैदसँगै आरोपित पक्षबाट पीडित पक्षलाई ३५ हजार रुपियाँ क्षतिपूर्ति भराउने समेत फैसला भएको जिल्ला अदालत पाल्पाका श्रेस्तेदार सुवर्ण खनालले बताए । न्यायधीश शङ्कर बरालको इजलासले मुलुकी ऐनको जबरजस्ती करणीको महल ३ (१) अनुसार उक्त फैसला सुनाएको खनालले बताए ।

साथै बालबालिकासम्बन्धी ऐन २०४८ को दफा ५० (२) बमोजिम आरोपित बालकको उमेर १३ वर्षमात्रै भएकाले उनको कैद सजाय स्थगन भएको र क्षतिपूर्ति भने भराइने खनालले बताए । पछि उनले कुनै गल्ती गरेमा अहिलेको कैद सजाय समेत भुक्तान गर्नु पर्ने खनालले बताए ।

पीडित बालिकालाई आरोपितले साउन १४ गते यौन दुर्व्यवहार गरेको उजुरी परेपछि प्रहरीले साउन १५ गते आरोपितलाई गिरफ्तार गरेको थियो ।

अन्य

भिडियो