INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले शम्भुनाथ नपा-९ का १८ वर्षीय पङ्कजकुमार मुखियालाई माघ २३ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले माघ २३ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले मुखियाविरूद्ध उजुरी दिएको थियो । प्राप्त उजुरीका आधारमा अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख डिएसपी ध्रुबकुमार श्रेष्ठले बताए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण लहान नपा-३ स्थित रामकुमार उमाप्रसाद शारदा स्मारक अस्पतालमा माघ २३ गते गरिएको छ ।

अन्य

भिडियो