INSEC Online

📅 २०८३ जेष्ठ २१

घाँटी रेटी बालकको हत्या 

राजपुर नगरपालिका-९ का आठ वर्षीय मफजुल देवानको घाँटी रेटी हत्या गरेको अवस्थामा माघ ९ गते प्रहरीले शव फेला पारेको छ ।

राजपुर नपा-९ बलुवाटोल नजिकैको बगैँचामा घाँटी रेटी हत्या भएको अवस्थामा बालकको शव स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । बालकको हत्या माघ ८ गते राति भएको हुनसक्ने प्रहरीको आशङ्का गरेको छ ।

बालकको टाउकोको पछिल्लो भागमा धारिलो हतियार प्रहार भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

मृतक बालकको शव पोष्टमार्टमका लागि गौर अस्पतालमा लगिएको र घटनाको अनुुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपि रामकुमार दानीले बताए ।

सरस्वती पुजाको विषयलाई लिएर माघ ८ गते स्थानीय बालकहरु बिच झगडा भएकोमा आज उनको शव भेटिएको स्थानीयले बताएका छन् । बालकको हत्या कसले र किन गर्‍यो भन्ने नखुलेको प्रहरीले जनायो ।

अन्य

भिडियो