INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा राजविराज नपा-७ स्थित आरती डेण्टल क्लिनिक सञ्चालन गरी बसेका राजविराज नपा-१ का ४५ वर्षीय हृदयनारायण झालाई प्रहरीले पुस ३० गते गिरफ्तार गरेको छ ।

झासँग बाङ्गोटिङ्गो भएर अगाडि निस्किएको दाँतको उपचार गराइरहेकी बालिकाको औषधि सकिएपछि औषधि लिन पुस २७ गते पसल गएकी बालिकाको दाँतको नाप लिनुपर्छ भन्दै चिकित्सक झाले भित्री कोठामा लगी यौन दुर्व्यवहार गरेको बालिकाले बताइन् ।

पीडित बालिकाकी आमाले पुस २८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि आरोपितलाई गिरफ्तार गरी पुस ३० गते उजुरी दर्ता गरिएको जिल्ला प्रहरी कार्यालयकी इन्स्पेक्टर सुजता तुम्बाहाम्फेले बताइन् । पीडित बालिकाको स्वास्थ्य परीक्षण पुस ३० गते साँझसम्म गरिएको छैन ।

आरोपितले झुठा आरोपमा फसाएको भन्दै उक्त समयमा आफूसँग महिला सहयोगी समेत रहेकाले हुनै नसक्ने आरोप लगाएको बताए ।

अन्य

भिडियो