INSEC Online

📅 २०८३ जेष्ठ २१

पत्नी हत्या घटनाका आरोपीविरुद्ध उजुरी

टिष्टुङ पालुङ घर भई हेटौँडा उपमहानगरपालिका-४ कर्रास्थित घरमा बसेका ५९ वर्षीय रामबहादुर लामाले ४३ वर्षीया पत्नी मिना लामाको टाउकोको पछाडी भागमा काठको गजवारले हिर्काएर हत्या गरेको भन्दै मृतकका दिदीले पुस २२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी छन् ।

सधैँ नै मादक पदार्थ सेवन गरेर आउने मयुरी चालक लामाले पुस २२ गते बिहान १ बजे सुतेको अवस्थामा पत्नीको टाउको पछाडी गजवारले हिर्काएर हत्या गरेको आरोप छ ।

पत्नीको हत्यापश्चात लामा फरार छन् । लामाको खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालयका एसपी  विकास खनालले बताए । शवको पोष्टमार्टम पुस २२ गते नै हेटौँडा अस्पतालमा गरिएको प्रहरीले जनाएको छ ।

सधैँ मादक पदार्थ सेवन गरेर आउने लामाले पत्नी र छोराछोरीसँग सधै झगडा र कुटपिट गर्ने छिमेकी लालकुमार न्यौपानेले बताए । मिना लामाकी दोस्रो पत्नी हुन् । जेठी पत्नीले १५ वर्षअघि उनलाई छाडेर दोस्रो विवाह गरेर गइन् । जेठी पत्नीलाई पनि सधै कुटपिट गर्ने गरेकाले उनलाई छाडेर दोस्रो विवाह गरेर अन्यत्र गएको स्थानीयको भनाई छ ।

अन्य

भिडियो