INSEC Online

📅 २०८३ श्रावण ५

बलात्कार गरेको कसुरमा सात वर्ष कैद

२१ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत बागलुङले ५४ वर्षीय ससुरालाई सात वर्ष कैद सजायको फैसला गरेको छ ।

जिल्ला अदालतका न्यायाधिश सिता शर्मा अधिकारीको ०८३ असार ३० गतेको इजालसले आरोपितलाई कसुदार ठहर गर्दै मुलुकी अपराध संहिता २०७४ को दफा २१९ (३) (ङ) बमोजिम सात वर्ष कैद तोकेको जिल्ला अदालत बागलुङका शाखा अधिकृत रामचन्द्र उपाध्यायले जानकारी दिनुभयो । त्यस्तै सोही संहिताको २१९ (३क)(ग) बमोजिम ३ लाख जरिवाना साथै सोही संहिताको २२०(२)(ख) बमोजिम चार वर्ष कैद र ४० हजार रुपियाँ जरिवाना हुने तथा प्रतिवादीबाट पीडितले ६० हजार रुपियाँ क्षतीपूर्ती भराई पाउने फैसला गरेको उपाध्यायले जानकारी दिनुभयो ।

आरोपितले महिलालाई ०८२ फागुन ११ गते बलात्कार गरेको भन्दै पीडित पक्षले फागुन १६ गते जिल्ला प्रहरी कार्यलयमा उजुरी दिएको थियो । आरोपितलाई प्रहरीले फागुन १६ गते गिरफ्‌तार गरेको थियो । पीडितको स्वास्थ्य परीक्षण फागुन १६ गते जिल्ला अस्पतालमा गरिएको छ ।

अमृत प्रसाद पौडेल

अन्य

भिडियो