१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार घटनाका आरोपमा प्रहरीले राजविराज नपा-१० दिघवाका १८ वर्षीय रामविलास सदालाई पुस १७ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले पुस ९ गते यौन दुर्व्यवहार गरेको पीडितले बताइन् । गाउँसमाजको डरले प्रहरीमा उजुरी गर्न अभिभावक नमानिरहेका बेला पुस १६ गते बालिका स्वयम् जिल्ला प्रहरी कार्यालय गई मौखिक उजुरी गरेकी थिइन् ।
पीडित बालिकाले मौखिक उजुरी गरेपछि पुस १७ गते जिल्ला प्रहरी कार्यालयमा पीडित बालिकाका बावु पुगेर लिखित उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका निमित्त एसपी ध्रुबकुमार श्रेष्ठले बताए ।
उजुरी दर्ताका साथै पुस १७ गते नै पीडितको स्वास्थ्य परीक्षण गरेर आरोपितलाई गिरफ्तार गरिएको निमित्त एसपी श्रेष्ठले बताए ।