INSEC Online

📅 २०८३ जेष्ठ २१

जातीय विभेद घटनाका आरोपितविरुद्ध उजुरी 

सुखीपुर नगरपालिका– १० की ४९ वर्षीया सुमित्रा मल्लिक र ज्वाई २८ वर्षीय सञ्जय मल्लिकलाई ०८२ भदौ १८ गते सोही ठाउँका २७ वर्षीय सहदेव  महतो,  ४८ वर्षीय सुकदेव महतो, ३७ वर्षीय श्यामसुन्दर महतो, ५१ वर्षीय नागेन्द्र महतोलगायतको समूहले कुटपिट गरी घाइते बनाएको छ ।

आरोपित पक्षहरु विरुद्ध पीडित पक्षले भदौ २० गते इलाका प्रहरी कार्यालय महेशपुरपतारमा उजुरी दिएका छन् ।

घरअगाडिको झाडी सफा गरिरहेका ज्वाइँमाथि एक्कासी कुटपिट गर्न थालेपछि छुट्याउन गएका बेला आफूमाथि पनि कुटपिट गरेको सुमित्राले बताइन् । उनीहरुले ‘बिहानै अछुतको मुख हेर्नुपर्‍यो, साइत बिग्रियो’ भन्दै कुटपिट गरेको सुमित्राको आरोप छ ।

घाइतेको धनगढीमाई नगरपालिका– ८ कसहास्थित मेगा हेल्थ केयर सेन्टरमा उपचार भइरहेको छ । उनको छाती, पेट र गालामा बढी चोट लागेको स्वास्थ्यकर्मी  राम चरित्र  महतोले बताए ।

गागन खोलाकिनारमा बस्दै आएका डोम परिवारले यस अघि समेत दुर्व्यवहार भएको भन्दै भदौ ८ गते जातीय छुवाछुतसम्बन्धी उजुरी इलाका प्रहरी कार्यालय महेशपुरपतारमा दिएका थिए । तर त्यतिबेला उजुरी पुन: सच्याएर थप प्रमाणसहित ल्याउने गरी उजुरी फिर्ता पठाएको इलाका प्रहरी कार्यालय महेशपुरपतार प्रहरी प्रमुख प्रहरी निरीक्षक रवीन्द्रराज मैनालीले जानकारि  दिनुभयो  । घटना बारे अनुसन्धान गरि दोषीलाइ कानुन बमोजिम कार्वाहि गर्ने मैनालीले बताउनु भयो ।

सुखिपुर नगरपालिका- १० विश्वकर्माचौकस्थित गागन खोला किनारमा कुनै वस्ति नै नबसेको बेलामा १५ वर्ष अघि डोम परिवार गोलबजार नगरपालिका- १३ दुर्गापुरबाट बसाई सरेर आएका थिए।

अन्य

भिडियो