INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका कसुरदार गिरफ्तार

१३ वर्षीया बालिकालाई यौन दुव्र्यवहार गरेको कसुरमा फरार रहेका गेरुवा गाउँपालिका –१ बनजरियाका ३३ वर्षीय सिताराम थारूलाई प्रहरीले ०८२ भदौ १३ गते गिरफ्तार गरेको छ ।

जिल्ला अदालतका न्यायाधीश मनोज श्रेष्ठको ०८१ मङ्सिर २४ गतेको इजलासले थारूलाई ६ महिना ५ दिन कैद सजाय, ७५ हजार रुपियाँ क्षतिपूर्ति, ४ सय रुपियाँ पीडित राहतकोष र १० हजार रुपियाँ जरिबानाको फैसला गरेको थियो । अदालतले कसुर ठहर गर्दै सजाय तोकेपछि थारु फरार रहेका थिए ।

सजाय पाएर फरार रहेका कसुरदार थारुलाई प्रहरीले ०८२ भदौ १३ गते गुलरिया नगरपालिका – ६ स्थित बजारबाट गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर कृष्ण डाँगीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘फरार रहेका कसुरदारलाई गिरफ्तार गरी भदौ १५ गते अदालतमा पेश गरिएको छ ।’

आरोपितले बालिकालाई ०८० चैत १७ गते यौन दुव्र्यवहार गरेको भन्दै पीडित पक्षले चैत १८ गते इलाका प्रहरी कार्यालय पाताभारमा उजुरी दिएका थिए । प्रहरीले आरोपितलाई चैत १८ गते गिरफ्तार गरेको थियो । पीडितको स्वास्थ्य परीक्षण चैत १८ गते बर्दिया जिल्ला अस्पतालमा भएको थियो ।

सरकारी वकिल कार्यालय बर्दियाले २०८१ वैशाख १२ गते बर्दिया जिल्ला अदालतमा बाल यौन दुरुपयोग गरेको अभियोगमा मुद्दा दर्ता गरेको थियो । अदालतले वैशाख १३ गते थारुलाई धरौटीमा रिहा गरेको थियो ।

अन्य

भिडियो