INSEC Online

📅 २०८३ जेष्ठ २१

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि दल दर्ता गर्न आयोगको आह्वान

निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि १५ दिनभित्र दल दर्ता गर्न दलहरूलाई पुस १३ गते आह्वान गरेको छ ।

प्रमुख निर्वाचन आयुक्त डा. आयोधीप्रसाद यादवको अध्यक्षतामा आयोगमा पुस १३ गते बसेको बैठकले दल दर्ताको निर्णय गरेको आयोगका सहसचिव एवम् प्रवक्ता दिनेशकुमार घिमिरेले बताए ।

‘नेपालको संविधानको धारा २६९ बमोजिम आयोगमा दर्ता कायम रहेका राजनीतिक दलहरूले निर्वाचन प्रयोजनका लागि संविधानको धारा २७१ र राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४८ वा ४९ बमोजिम दल दर्ता गराउनुपर्ने हुन्छ ।’-आयोगले जनाएको छ ।

प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यको निर्वाचन सम्पन्न भइसकेको र राष्ट्रियसभा सदस्यको निर्वाचन सम्पन्न गरी सङ्घीय संसद्को निर्माण गर्ने क्रममा निकट भविष्यमा नै हुन गइरहेको राष्ट्रियसभा सदस्य निर्वाचन प्रयोजनका लागि दलहरूलाई दल दर्ताका लागि आह्वान गरिएको आयोगले जनाएको छ ।

अन्य

भिडियो