निर्माण व्यवसायी ठेकेदार सम्पर्कविहिन भएपछि दुुहुँ गाउँपालिकाका मजदुरले सात वर्षसम्म काम गरेबाफतको ज्याला नपाएको गुनासो गरेका छन् ।
दुहुँ गाउँपालिका वडा नम्बर २ र वडा नम्बर ५ जोड्ने थल सिलिङ्चौरा बहुदेशीय झोलुङ्गे पुल निर्माणमा सङ्लग्न २८ जना मजदुरले काम गरे वाफतको ज्याला नपाएको गुनासो गरेका हुन् ।
आर्थिक वर्ष २०७६÷७७ मा निर्माण सुरु गरिएको पुल निर्माणको काम ०७८ असोज ३० गते निर्माण सम्पन्न भएको थियो । निर्माण कार्यलगत्तै निर्माण व्यवसायी सम्पर्क विहिन बनेपछि निर्माणमा संग्लन मजदुरले ज्याला पाउन सकेका छैनन् ।
पुल निर्माणको जिम्मा पाएको जगदम्बा दोभान संगम जेभिका सञ्चालक बसन्त बुढाथोकी हुन् । “ठेकेदारको मोबाइलमा हरेक दिन जसो फोन लगाउछौँ, सम्पर्क हुदैन् मोबाइल नम्बर नै परिवर्तन गरेर सम्पर्कविहिन छन्,” पुल निर्माणको काम गर्नु भएका दुहुँ गाउँपालिका–५ का स्थानीय जनकसिंह महराले भन्नुभयो, पुल निर्माणको काम गरे वाफत ठेकेदारबाट १ लाख ११ हजार २ सय ५० रुपियाँ लिन बाँकी छ ।
जनकसिंह महरा सहित २८ जना कामदारले ठेकेदारबाट २५ लाख भन्दा बढी रुपियाँ लिन बाँकी रहेको अर्का मजदुर गौरदत्त भट्टले बताउनु भयो । “ज्यानको वास्ता नगरी काम गरेका मजदुरलाई ठेकेदारले तुरुन्त मजदुरी दिलाउनु पर्छ, होइन भने कानूनी उपचार तिर लाग्छौँ ।”
ठेकेदारले दुहुँका स्थानीय किराना पसल, खाजा पसल, गिट्टि, बालुवा र सामान ढुवानीमा प्रयोग गरिएका ट्याक्टरको भाडासमेत अहिलेसम्म तिरेका छैनन् । पारिश्रमिक नपाएको भन्दै मजदुरहरुले बेला–बेला पुल बन्द गर्ने गरेको भए पनि दुहुँ गाउँपालिकाले आग्रह गरेर खोल्ने गरेको छ । पर्यटकीय दृष्टिकोणले आकर्षणयुक्त बनाइएको पुलमा दैनिक मानिसको आवतजावत हुन्छ । बाहिर क्षेत्रबाट समेत पुल हेर्न आउने गरेका कारण पुल बन्द गर्नु पनि राम्रो हुदैन््, महरा भन्नुहुन्छ ।
झोलुङ्गे पुल निर्माण सम्पन्न पश्चात गर्नु पर्ने पुलको लोड टेष्ट समेत ठेकेदारले नगरेको गाउँपालिकाले जनाएको छ । दुहुँ गाउँपालिकाका योजना अधिकृत बीरसिंह धामीका अनुसार ठेकेदारले गाउँपालिकाबाट भुक्तानी लिनु पर्ने रकम ५ लाख बाँकी रहेको छ । पुल सम्पन्न पश्चात पुलको लोड टेष्ट गर्नुपर्ने हुन्छ, उहाँले भन्नुभयो, तर हालसम्म निर्माण व्यवसायी सम्पर्कमा समेत आएका छैनन् ।
ठेकेदारलाई सम्पर्कमा ल्याउन जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय मार्फत बेला–बेला पत्रचार भएको भए पनि अहिलेसम्म सम्पर्कमा आएका छैनन् । मजदुरले पारिश्रमिक नपाएको बारे बुझ्न खोज्दा निर्माण व्यवसायी बुढाथोकीको मोबाइल नम्बर बन्द गरिएको पाइएको छ ।
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ललितपुर महानगरपालिका–२२ भैँसीपाटी बस्ने