INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार गरेको कसुरमा नौ वर्ष कैद सजायको फैसला

१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतले मायादेवी गाउँपालिका–६ का २३ वर्षीय मनिष कुर्मीलाई नौ वर्ष कैद सजायको फैसला गरेको छ ।

जिल्ला अदालतका न्यायाधीश कृतबहादुर बोहोराको ०८२ साउन २ गतेको इजलासले आरोपितलाई कसुर ठहर गर्दै नौ वर्ष कैद सजाय, ३ लाख ५० हजार रुपियाँ जरिबाना, १० हजार रुपियाँ क्षतिपूर्ति पीडितलाई भराइ दिने र जरिबाना बापतको ३ लाख ५० हजार रुपैयाँ पनि पीडितलाई भराइदिने फैसला गरेको जिल्ला अदालतका स्रेस्तेदार कमल कुमार आचार्यले जानकारी दिनुभयो ।

पीडित पक्षले ०८१ पुस २९ गते यौन दुर्व्यवहार गरेको भन्दै ०८१ माघ १ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।

पीडितको स्वास्थ्य परीक्षण माघ २ गते कपिलवस्तु अस्पताल तौलिहवामा भएको थियो । प्रहरीले आरोपितलाई माघ १ गते घरबाटै गिरफ्तार गरेको थियो ।

अन्य

भिडियो